रहेनन् ६ दशक एकछत्र राज गर्ने गायक ‘केनी रोजर्स’

अमेरिकी चर्चित गायक तथा संगीतकार केनी रोजर्स् को ८१ वर्षको उमेरमा निधन भएको छ । उनको घरपरिवारकै रेखदेखमा निधन भएको परिवारले ट्विटर मार्फत जानकारी दिएका छन् ।

उनी ६ दशकसम्म आफ्नो गीत संगीतमार्फत सबैको मन जित्न सफल भएका थिए ।

विश्वभर कोरोना भाइरसको महामारी फैलिइरहेको बेला उनको परिवारले रोजर्सलाई अलग्गै सुरक्षित राखेका थिए ।

को हुन केनी रोजर्स ?


केनी रोजर्सलाई अमेरिकामा देशको गायक भनेर चिनिन्छ । उनी कन्ट्री म्युजिकको उपनामले प्रख्यात छन् । उनको फलोअर्स् विश्भरमा रहेका छन् ।

उनले गाएका ग्याम्बलर, लेडी, आइसल्याण्ड इन द स्ट्रीम लगायत चर्चित छन् ।

यसका साथै उनले गाएको २४ नम्बर गीत विश्वचर्चित हो । ६ पटकसम्म सीएमए अवार्ड जितिसकेका उनले आफ्नो करियरको सुरुवातमा एउटा ब्याण्डलाई नेतृत्व गरेका थिए । सन् १९७०-८० को दशकमा उनले आफ्नो गीतमार्फत धमाका मच्चाएका थिए अमेरिकी गीतसंगीत क्षेत्रमा ।

गत मे महिनामा उनलाई जर्जिया अस्पतालमा भर्ना डिहाइड्रेशन भएको भन्दै अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य त्यतिबेला निक्कै कमजोर भएको थियो । उनले सन् २०१८मा स्वास्थ्य कमजोर भएकै कारण एउटा शो स्थगन गर्नु परेको थियो ।