अझै पनि मानिसहरुसँग सहि सूचना र जानकारीहरु छैन-सम्राज्ञी

अभिनेत्री सम्राज्ञी राज्य लक्ष्मी शाहले कोरोना भाइरसको बारेमा अझै पनि सहि सूचना र जानकारी नभएकाले सचेतना फैलाउनु पर्नेमा जोड दिएकी छिन्। उनले  एक भिडियोमार्फत कोरोनाबारे संदेश दिँदै यस्तो कुरा बताएकी छिन्।

उनले भनेकी छिन्, ‘ मानिसहरु अझै पनि लापरबाही पूर्वक बालबालिकाहरुसँग बाहिर निस्किरहेका छन्। यसले अझै पनि मानिसहरुसँग सहि सूचना र जानकारीहरु पुगेको छैन जसतो लाग्यो। बालबालिकालाई सकेसम्म बाहिर जान नदिऔ र नलैजाऔ हामी सबै नेपालीहरुले।’

उनले पटक पटक हात धुनु पर्ने र ह्यान्ड स्यानीटाइजर प्रयोग गर्न सबैसँग आग्रह गरेकी छिन्।

पुरा संदेशको लागि भिडियो हेर्नुहोस :

Celebrity Message – Samragyee RL Shah | Coronavirus

Celebrity Message – Samragyee RL Shah | Coronavirus

Gepostet von Merofilm am Samstag, 21. März 2020