थर्ड आई टिमले गर्न लागेको अवार्ड कार्यक्रम स्थगित

थर्ड आई टिमले लण्डनमा आयोजना गर्न लागेको अवार्ड कार्यक्रम स्थगित गरिएको छ । अवार्ड मे २४ मा हुने भनिएको अवार्ड महामारी बनेर फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण अनिश्चित समयका लागि स्थगित भएको हो । परिस्थिति सामान्य बनेपछि पुन: अवार्ड गरिने थर्ड आईका विकास देवकोटाले बताएका छन् । अवार्डमा मनोरञ्जन, खेल, पत्रकारिता, साहित्य र लाइफटाइम अचिभमेन्ट विधाको अवार्ड प्रदान गरिन्छ । अवार्डमा सहभागी हुनको लागि नेपालबाट केही कलाकारहरु लण्डन जाने तयारी गरिरहेका थिए ।

यसअघि थर्ड आई टिमले १०औँ ‘बक्सअफिस अवार्ड २०१७’ सफलतापूर्वक सम्पन्न गरेको थियो भने टिमले लण्डनमा फिल्म प्रदर्शनदेखि सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।