बोन जोभी का किबोर्डिस्ट डेभिड ब्रायनलाई कोरोना

विश्व प्रसिद्ध अमेरिकी रक ब्याण्ड बोन जोभी का किबोर्डिस्ट डेभिड ब्रायन कोरोनाको कारण क्वारेन्टाइनमा बसिरहेका छन् । ब्रायनले इन्स्टाग्राममा मार्फत उक्त जानकारी दिएका हुन् ।

उनि लेख्छन – ‘आज मैले मेरो टेस्टको रिजल्ट पाएँ र यो पोजिटिभ छ, म एक साता अघिदेखि बिरामी थिएँ र दिन दिनै आराम महसुस गरिरहेको छु, कृपया नआत्तिनु होला यो फ्लु हो प्लेग हैन । म एक सातादेखि क्वारेन्टाइनमा छु र अझै एक साता क्वारेन्टाइनमानै बस्ने छु, र जब मलाई ठिक भएको महसुस हुनेछ भाइरसबाट मुक्ति पाएको निश्चित गर्न म फेरी टेस्ट गराउनेछु । कृपया एक अर्कालाइ सहयोग गरौ, यसको छिट्टै अन्त्य हुनेछ … प्रत्येक अमेरिकीको सहयोगमा ।’