नआत्तिऔं, धैर्यता राखौं : प्रविशा अधिकारी

गायिका प्रविशा अधिकारीले एक भिडियो मार्फत कोरोना भाइरसबारे संदेशहरु दिदै यस्तो बेला नआत्तिएर धैर्यता राख्न अनुरोध गरेकी छिन् ।

उनले सरसफाईमा ध्यान दिने, सकेसम्म घरबाहिर ननिस्किने, बेला बेलामा साबुन पानिले हात धॊइराख्ने, हातहरु सकेसम्म अनुहार तिर नलाने, घर फर्केपछि स्यानीटाइजर या साबुन पानिले हात धुने, कपडाहरु सफा राख्ने लगायतका सुझाबहरु दिएकी छिन् । साथै उनले यो संकटको समयमा अत्याबश्यक समानहरु सकेसम्म कम प्रयोग गर्ने, रोग प्रतिरोधक क्षमता बढाउने कामहरु गर्ने, रोगको लक्षणहरु देखिएमा या शंका लागेमा चिकित्सक र विज्ञहरुको सरसल्लाह लिने र चेकअप गर्ने सल्लाह पनि दिइन् ।

पुरा संदेश हेर्नुहोस :

Celebrity Message – Prabisha Adhikari | Coronavirus

Celebrity Message – Prabisha Adhikari | Coronavirus

Gepostet von Merofilm am Montag, 23. März 2020