खगेन्द्र याक्सोको ‘वित्ला है जोवन’ सार्वजनिक

Mero Film

गायक खगेन्द्र यक्सो (लिम्बु)को नयाँ गीत सार्वजनिक भएको छ । गायिका आभा मुकारुङको साथमा उनले बित्ला है जोबन बोलको भिडियो सार्वजनिक गरेका हुन् । सुबी राईको शब्द तथा संगीत एवम् बलराम समालको एरेञ्ज रहेको यो गीतले पुर्बको लिम्बु समुदायको मौलिक संस्कार र संस्कृतिलाई उजागर गरेको छ । भिडियोमा मोडल योगेन राइ र आशा चोङ्बाङ्क्याकको बेजोड अभिनय देख्न सकिनेछ । उनीहरुका अलावा बुद्धबिर चोङ्बाङ्क्याक, चन्द्र फागोचोङ्बाङ, पत्रकार टि आर सेनेहाङ, लाम्देङमा फिल्मका नायक देबेन्द्र चोङ्बाङ, सीता तुम्बाहाङ्फे, अमृता लिम्बु, बिक्की थापामगर आदी को पनि अभिनय रहेको यो म्युजिक भिडियोमा शिरकुमार साम्पाङको छायाँकन रहेको छ । भिडियोमा देओ कृष्ण देवानले सुन्दर कोरियोग्राफ गरेका छन् भने निर्देशनको पाटोलाई खगेन्द्र यक्सोले सम्हालेका छन ।


Leave a Reply

Your email address will not be published.