मेलिना र बेदुको स्वरमा ‘डोली पियारी’ (भिडियो)

गायिका मेलिना राई र गायक बेदु सारु मगरको स्वरमा रहेको नेपाली लोकपप गीत ‘डोली पियारी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा बेदुको संगीत रहेको छ भने रमेश घिमिरेको शब्द रचना रहेको छ ।

गीतको भिडियोलाई प्रिन्सपन कार्कीले निर्देशन गरेका छन् । भिडियोमा रमेश घिमिरे, दिना घिमिरे, सागर कार्की र बिपना थापाको अभिनय रहेको छ । नरेश ऐरले छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा कलर करेक्शन रहेको छ ।