बाजा बजाउदै बले र प्रिज्मा

सागर लम्साल ‘बले’ र प्रिज्मा खतिवडाले चैतमै बाजा बजाएका छन् । पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेको यि जोडीले म्युजिक भिडियोमा बाजा बजाएका हुन् । गीतकार लोकराज अधिकारीको शब्द रचनामा तयार भएको ‘बाजा बजाउदै’ बोल को म्युजिक भिडियोमा सागर र पृज्माको अलवा पृन्सी  खतिवडा र प्रदिप लिम्बू को पनि अभिनय रहेको छ । सुजाता केसि र अर्जुन पोख्रेलको आवाज अनि पोख्रेलकै संगीत रहेको गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन् ।