दैनिक ज्यालादारीमा काम गर्ने फिल्म प्राबिधिकहरुलाई रजनीकान्तले गरे ५० लाख सहयोग

दैनिक ज्यालादारीमा काम गर्ने फिल्म प्राबिधिकहरुको सहयोगको लागि सुपरस्टार रजनीकान्तले ५० लाख सहयोग गरेका छन् । कोरोना भाइरसको कारण फिल्महरुको शुटिंग रोकिए पछि दैनिक ज्यालादारीमा काम गर्ने तमिल नाडूका फिल्म प्राबिधिकहरु कामबिहिन भएका थिए ।

उनीहरुको संस्था फिल्म इम्प्लोइज फेडेरेसन अफ साउथ इंडिया (एफइएफएसआइ) का चेयरम्यान आर. के. सेल्वामनीले मार्च २३ मा तमिल फिल्म उद्योगका स्टारहरु संग सहयोगको लागि अनुरोध गरेका थिए । बुझिए अनुसार रजनीकान्तले गरेको सहयोग उक्त संस्थाले अपेक्षा गरेको पुरा रकमको २५ प्रतिशत हुन आउछ ।

रजनीकान्तको सहयोग पछि अन्य धेरै कलाकारहरुले पनि आर्थिक सहयोग गरेका छन् । ‘सुपर डिलक्स’ अभिनेता विजय सेतुपतिले १० लाख, अभिनेता शिवकार्तिकेयनले १० लाख, अभिनेता शिवकुमार र उनका दुइ छोराहरु सूर्या र कार्ति गरेर जम्मा ३० लाख दिए । त्यस्तै अभिनेता पार्थिबनले २५० बोरा, प्रकाश राजले १५० बोरा चामल सहयोग गरेका छन् । प्रकाश राजले आफ्नो काम गर्ने कामदारहरुलाई मे महिना सम्मको तलब पनि दिईसकेका छन् ।

रजनीकान्तको फिल्म ‘अन्नाते’ को शुटिंग कोरोनाको कारण रोकिएको थियो ।