लाइभमा हिन्दी गीत गाउदै ‘चपली’ निर्माता अर्जुन कुमार

फिल्म चपली हाइट निर्मातालाई नेपालमा भएको लकडाउनले फुर्सद दिएको छ। फिल्म प्रदर्शनको अन्तिम तयारी गरिरहेको समय फिल्महल बन्द भए। त्यस पश्चात प्रचारको काम पनि ठप्पै भएको छ। दर्शक संगको सम्पर्कको आधार सामाजिक संजाल मात्रै बाकी रहेको छ ।
यही बीच गीत संगीतमा रुची भएका उनले गीत गाउदै लाइभमा आएका छन् । अर्का कलाकार दिपक राज गिरीको फर्माइस भन्दै लाइभ आएका उनले एक भारतीय गीत गएका छन् । ‘जब कोही बात बिगर जाए’ बोलको गीत गाउदै गर्दा उनी गीतको भाव भित्र डुबेका छन् ।
दिपक राजको फर्माइस भन्दै गर्दा र गीतको भावले कतै दिपकको झैँ फिल्मले हलमा दर्शक तान्ने चाहना त होइन भन्ने लागेको छ। खैर उनले समेत यो संकटको घडीमा आफुलाई मन पर्ने काम गर्दै समय बिताई रहेका छन् ।
पक्कै संकट सकिनेनै छ । अनि उनको फिल्म प्रदर्शन समेत हुने छ । फिल्म सफलताको अग्रिम शुभकामना ।
https://www.facebook.com/arjunkumardangol/videos/3864295513586913/

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया