सेल्फ क्वारेन्टाइनबाटै दिपक बज्राचार्यको लाइभ संगीत

Mero Film

गायक दिपक बज्राचार्य र उनको टिम सेल्फ क्वारेन्टाइनमा रहेको छ । कार्यक्रम गर्न अस्ट्रेलिया पुगेको टिम कोरोनाका कारण कार्यक्रम रद्ध गर्दै नेपाल फर्किएको थियो ।

केही समय आराम गर्दै बिताएका उनीहरुलाई सात दिन बितिसक्दा दिक्क लाग्न थालेछ । त्यसैले सामाजिक संजालमा लाइभ आएर प्रस्तुति दिन थालेका छन् । उनले आफ्नो फेसबुक पेज र युट्युव मार्फत लाइभ प्रस्तुती दिइरहेका छन् । यो दुखको घडीमा दर्शकलाई थोरै भए पनि खुसि बाध्ने प्रयास भन्दै उनीहरुले आइतबार बाट लाइभ कार्यक्रम सुरु गरेका छन् । र यो कार्यक्रम क्वारेन्टाइनमा रहने समय सम्म निरन्तर गर्ने उनीहरुले बताएका छन् ।दर्शकसंग जोडिएर रहने दिपक र टिमको यो जुक्ति प्रसंसनिय छ ।

https://www.youtube.com/user/dkbbajra


Leave a Reply

Your email address will not be published.