सडकमा रहेका जनावरप्रति नम्रताको चासो

Mero Film

कोरोनाको कारण नम्रता सापकोटा अभिनित फिल्म ‘डेसान’ को छायांकन रोकियो र उनि केहि दिन अघि काठमाडौँ फर्कीइन् । फिल्मको छायांकन नवलपुरको कावासोतीमा भैरहेको थियो ।

अहिले उनि नेटफ्लिक्समा फिल्म तथा वेबसिरिजहरु हेर्दै दिन बिताईरहेकी छिन् । उनि पहिले पहिले जिम पनि जान्थिन अहिले भने घरकै छतमा एक्सर्साइज गर्न थालेकी छिन् । खासै खाना नपकाउने नम्रताले लकडाउनकै बेला खाना पकाउन पनि सिक्दैछिन् । उनले आबश्यक औसधिहरु पनि किनेर राखेकी छिन् ।

उनले सडक हुने जनावरहरु प्रति पनि आफ्नो बिशेष चासो देखाइन् । अहिले सडकमा रहेका कुकुर, गाई लगायतका जनावरहरुले खाना खान नपाउने हुनाले यदि कसैले त्यस्तो जनावरहरु देख्नु भएमा तिनीहरुलाई खाने कुराहरु दिन आग्रह पनि गरिन् । साथै यस्तो बेला विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा झुठा समाचारहरु आउने र त्यसले मानिसहरु त्रसित हुने हुनाले त्यसको सट्टा महाभारत, गीता जस्ता पुस्तकहरु पढ्यो भने मन शान्त हुने बताइन् ।

 


Leave a Reply

Your email address will not be published.