अनमोलको म्यानेजर भन्दै बालिकामाथि दुर्व्यवहार

पछिल्लो समय नायक अनमोल केसी विवादमा मुछिरहेका छन् । केही समय अघि धुपौरे विवादमा परेका उनी अहिले भने फेसबुक म्यासेन्जरको कारण विवादमा तानिएका छन् । यस पटक भने अनमोलको नाम गलत रुपमा प्रयोग गरिएको हो ।

नायक केसीको म्यानेजर भएको भन्दै एक व्यक्तिले किशोरीमाथि दुर्व्यवहार गरेका छन् । निराजन गिरी नाम गरेका एक युवाले अनमोलको नामको दुरुपयोग गर्दै महिलामाथि दुर्व्यवहार गरेको स्वीकारिसकेका  छन् । उनले ८कक्षामा पढ्ने एक १४ बर्षीया किशोरीसँगै अरुलाई पनि दुर्व्यवहार गर्दै आएका रहेछन्।

यस विषयमा अनमोलले आफ्नो कोही म्यानेजर नभएको भन्दै  स्पष्टिकरण दिएका छन् । उक्त किशोरीलाई पूर्ण रुपमा साथ दिन तयार रहेको बताउँदै उनले गलत गर्नेलाई कारवाहीको माग गर्दै सम्पूर्ण फ्यानमा जो कोहीलाई सजिलै विश्वास नगर्न भनेका छन्।

My official statement :Everyone makes a mistake. Mistakes are made my man. It took me a while to realize that the way I…

Gepostet von Nirajan Giri am Dienstag, 24. März 2020