लकडाउनमा सुरबिना कार्की: घरमै फोटो खिचाउँदै, समय बिताउँदै

फिल्मको माया नगरी मुम्बइ लकडाउन भएपछि नायिका सुरबिना कार्की स्वदेश फर्किएकी छिन्।

भारतले ‘लकडाउन’को घोषणा गरेपछि मुम्बइमा आफ्नो करियर बनाइरहेकी उनी दिल्ली हुँदै काठमाडौं आएकी हुन। काठमाडौं आएको पाँच दिनसम्म उनी घरमै सेल्फ क्वारेन्टाइनमा बसेकी हुन।

सेल्फ क्वारेन्टाइनमा बसे पनि सुरबिनाले आफ्नो नियमित व्यायाम भने छाडेकी छैनन्। उनी घरमा आफूलाई मन लागेको पुस्तक पढ्नुका साथै टिकटक पनि बनाउँने गरेकी छिन्।

यसका साथै उनी आफ्नो फोटो सुटको तस्बिर सामाजिक सञ्जालमा हालेकी छिन्।