‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ आयोजना हुने

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ आयोजना गर्ने भएको छ । ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ मा आफ्ना नाटकको भिडियोसहित वा यो फेस्टिभललाई जनमानससम्म पुराउन र दुःखमा मानसिक राहत बाँड्नका लागि पोस्ट, शेयर र छलफल गरेर सहभागी हुन सबै रङ्गकर्मीहरुलाई आग्रह तथा अपिल पनि गरिएको छ ।

महोत्सव अन्तर्गत हरेक दिन साँझ ५ बजे थिएटर समय हुनेछ, हरेक दिन फरक फरक एक नाटक लाइभ स्ट्रिमिङ गरिनेछ, लाइभ स्ट्रिमिङ थिएटर मलको फेसबुक पेज www.fb.com/theatremall बाट हुनेछ, लाइभ हुन्जेल मात्र नाटक हेर्न पाइनेछ, त्यसपछि फेसबुक पेजमा नाटक रहने छैन । त्यसैले रङ्गप्रेमीले साँझ ५ बजे थिएटर टाइम छुट्याउनु पर्नेछ । लाइभ भिडियो सार्वजनिक रुपमा शेयर गर्न सकिनेछ तर डाउनलोड तथा कुनैपनि क्यामेराले खिच्न पाईनेछैन । सो विपरित भए सर्वाधिकार र साइबर कानुन लाग्नेछ । त्यस्तै यो महोत्सव कम्तिमा एक साता देखि अनिश्चितकालसम्म जारी रहनेछ ।

फेस्टिभल निर्देशक केदार श्रेष्ठले फेसबुक मार्फत महोत्सवबारे जानकारीहरु दिएका हुन् ।

विपदमा नेपाली रङ्गमञ्चको प्रयास‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’Quarantine Campaigning Theatre Festivalक्वारेन्टाइन…

Gepostet von Kedar Shrestha am Mittwoch, 25. März 2020