कट्रिना कैफले बनाइन् कुचोलाई क्रिकेट ब्याट (भिडियो)

बलिउड अभिनेत्री कट्रिना कैफ यतिबेला सेल्फ क्वारेन्टाइनमा छिन् । उनले आफ्ना प्रसंशकहरुको लागि भने फोटो भिडियोहरु पोष्ट गरिरहेकी हुन्छिन् ।

हालै उनले भाँडा माझीरहेको भिडियो पोष्ट गरेकी थिइन् भने अहिले उनले कुचो लगाईरहेको भिडियो पोष्ट गरेकी छिन् । इंस्टाग्राममा पोस्ट गरिएको भिडियोमा उनि कुचोले भुँइ सफा गरिरहेकी छिन् भने उनकी बहिनि इसाबेलले भिडियो खिचीरहेकी छिन् । कुचो लगाएको एकछिनमा उनले कुचोलाई क्रिकेट ब्याट बनाएर ब्याटिंग गर्न थाल्छिन् ।