कोरोन पिडितलाई रितिकको २० लाख सहयोग

कोरोनाले भारतमा धेरै मानिसहरुको दैनिक जीवनयापनमा प्रभाब पारेको छ । यस्तोमा बलिवुड अभिनेता ऋतिक रोशनले सहयोगको हात अगाडी बढाएका छन् । उनले ब्रिहानमुंबई म्युनिसिपल कर्पोरेशनलाई २० लाख (भारतीय रुपैया) सहयोग गरेका हुन् ।

उनले यस्तो समयमा हाम्रो शहरको ख्याल गर्ने कर्मचारीहरुको लागि सक्दो सहयोग गर्नुपर्ने बताए । ऋतिकले आपतको बेला आफुले पनि सहयोग गर्ने अवसर पाएकोमा खुशी ब्यक्त गरेका छन् ।

ऋतिक अहिले पूर्वपत्नी संगै सेल्फ आइसोलेशनमा छन् । सन्तानहरुको हेरविचारको लागि पूर्वपत्नी सुजैंन ऋतिककै घरमा आएर बस्न थालेकी हुन् ।