लकडाउनमा टिकटक बनाउँदै, लुडो खेल्दै गायिका मेलिना राई

सरकारले घोषणा गरेको लकडाउनमा गायिका मेलिना राई यतिबेला लुडो खेलेर घरमा समय बिताइरहेकी छिन्। गोकर्णस्थित घरमा उनी परिवारसँग रमाइलो गर्दै लुडो खेल्दै समय बिताइरहेको मेरोफिल्मलाई बताइन्।

उनले भनिन्, ‘सरकारको नियम पालना गर्दैछु। मलाई खासमा गेम खेल्न एकदमै मनपर्छ। खासगरी म लुडो खेल्न मन पराउँछु।आजभोलि त्यही लुडो खेलेर बसेकी छु।’

उनलाई भान्सामा मासु पकाउन खुब मन पर्छ। त्यसैले उनी यो बेलामा आमा,काकीहरुलाई भान्सामा पनि सघाउने गरेकी छिन्।

लकडाउन भएपछि उनको चार ठाउँको कार्यक्रम तत्काल स्थगित भयो। उनी भन्छिन्, ‘लकडाउन भएपछि मैले धनकुटा, पाँचथर, बनेपा र सिन्धुलीको कार्यक्रम तत्कालै स्थगित गरे।रेकर्डिङमा रहेका गीतहरुको मिति पनि सार्न भनेकी छु। ‘

उनी अहिले आफ्नो नयाँ गीतलाई टिकटकमा पनि प्रोमोशन गरिरहेकी छिन्।