जितेन्द्र राजोपाध्यायको निर्देशनमा ‘विदेश जाने मायालु’ (भिडियो)

जितेन्द्र राजोपाध्यायको निर्देशनमा ‘विदेश जाने मायालु’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । कुमार लामा योञ्जनको संगीत तथा स्वर रहेको गीको शब्द प्रकाश तामांगले लेखेका हुन् ।

कुमार लामा योञ्जन र आरिया बस्नेतको अभिनय रहेको भिडियोको छायांकन तथा सम्पादन निर्देशक राजोपाध्यायले नै गरेका हुन् । भिडियोको छायांकन स्वयम्भु र सिन्धुलीको खुर्कोटमा गरिएको हो ।