दीपा, माग्नेबुढा र मुन्द्रेको भिडियो : ‘लकडाउनमा सरकारको आदेश पालना गरौ’

सरकारले घोषणा गरेको लकडाउन सम्बन्धि सचेतना स्वरुप नेपाल टेलीभिजनले एक भिडियो सामग्री निर्माण गरेको छ । दीपाश्री निरौला, केदार घिमिरे (माग्नेबुढा) र जितु नेपालले अभिनय गरेको भिडियो मार्फत लकडाउनको समयमा हेलचेक्राई नगरी घरमै बसिरहन संदेश दिईएको छ ।

यस्तो महामारीको बेला सामाजिक दुरी कायम राख्नु पर्ने भन्दै संयमित हुन, सरकारले दिएको आदेश पालना गर्न र जिम्मेवार नागरिकको दायित्व पुरा गर्न अनुरोध गरिएको छ ।