लकडाउनलाई लक्षित गर्दै ‘टिभी फिल्मी’ ले दैनिक चार फिल्म देखाउँदै

टेलीभिजन च्यानल ‘टिभी फिल्मी’ ले बिहिबार देखि प्रत्येक दिन चार नेपाली फिल्म देखाइरहेको छ । लकडाउनको समयमा घरमै समय व्यतित गरिरहेका दर्शकहरुको मनोरंजनको लागि यसो गरिएको हो ।

स्टेसन म्यानेजर विष्णु सुवेदीका अनुसार प्रत्येक दिन बिहान ६ः३० बजे, बिहान १० बजे, दिउसो १ः३० बजे र राति ८ फिल्महरु देखाईदैछ । शनिबार राति ८ बजे ‘शब्द’, आइतबर ‘कबड्डी’, ‘गोपी’, ‘दि ब्रेकअप’ र ‘साँघुरो’, सोमबार ‘म त तिम्रै हो’, ‘छड्के’, ‘झोले’ र ‘रुद्र’, मंगलबार ‘जंगे’, ‘सुश्री सम्पत्ति’, ‘जेरी’ र ‘प्रेम दिवस’, बुधबार ‘पर्व’, ‘मन्जरी’, ‘हाउ फन्नी’ र ‘वीर बिक्रम’ र बिहिबार ‘प्रेम गीत’, ‘कर्कश’, ‘होमवर्क’ र ‘रातो घर’ प्रदर्शन हुनेछ ।

सुवेदीले अहिले इन्टरनेट गति पनि घटेको र भिडियो स्ट्रिमिङ साइटको क्वालिटी पनि घटिरहेकोले फिल्महरु हेर्नको लागि टेलीभिजन उपयुक्त माध्यम हुने बताए । उनले स्याटेलाइट प्रसारणमा रहेको देशको एक मात्र फिल्मी च्यानल ‘टिभी फिल्मी’ केही समयमै एचडी प्रसारणमा अपग्रेड हुने जानकारी पनि दिएका छन् ।

सरकारले वैशाख १८ गतेसम्म चलचित्र हलहरू बन्द गर्ने घोषणा गरेको छ ।