डिश होम प्लस एचडि को ‘घरमै फिल्म हल’

लकडाउनको घोषणा संगै घरमै बसिरहेका दर्शकहरुको मनोरंजनलाई लक्षित गरेर डिश होम प्लस एचडिले एक हप्ते कार्यक्रम घोषणा गरेको छ । आइतबार देखि शनिबार सम्ममा दर्शकहरुले घरै बसी बसी विभिन्न फिल्महरु हेर्न पाउने छन् । इन्टरनेटको पहुँच नभएको ठाउँका दर्शकहरुले यसबाट लाभ उठाउन सक्नेछन् । त्यस्तै इन्टरनेटको स्पिड घटेकोले सास्ती खेपिरहेकाहरुलाई पनि यो राम्रो विकल्प हुन सक्छ ।

 

यो बेला भिविन्न फेक न्युज हेरेर बस्नु भन्दा यि फिल्म हरु ले पारिवारिक जमघट पनि हुने र  रमाइलो  पनि हुने , फिल्म को माद्यम बाट मनोरन्जन दिने र लकडाउनको समयमा घरमै समय व्यतित गरिरहेका दर्शकहरुको मनोरंजनको लागि यसो गरिएको रमाइलो यचडि का अध्यक्ष दयाराम पाण्डेय ले बताए  ।

डिश होमको प्लस मुभी एचडिमा आइतबार १० बजे ‘रिङ्ग रोड’, १ बजे ‘राजनीति’, ४ बजे ‘पासवर्ड’ र ७ बजे ‘ठमेल डट कम’ देखाईनेछ ।

सोमबार १० बजे ‘सौभाग्य’, १ बजे ‘टिन एज’, ४ बजे ‘प्रेम लिला’ र ‘७ बजे ‘प्रेम गीत’ देखाईनेछ ।  मंगलबार १० बजे ‘सुश्री सम्पत्ति’, १ बजे ‘हैरान’, ४ बजे ‘छक्का पन्जा -२’ र ७ बजे ‘झमक बहादुर’ देखाईनेछ ।

त्यसैगरि बुधबार १० बजे ‘सिन्दुर’, १ बजे ‘गोपी’, ४ बजे ‘चौका दाउ’ र ७ बजे ‘राहदानी’, बिहिबार १० बजे ‘जेरी’, १ बजे ‘गाजलु’, ४ बजे ‘क्याप्टेन’ र ७ बजे ‘जेरी’ देखाईनेछ ।

शुक्रबार १० बजे, १ बजे, ४ बजे र ७ बजे ‘माया पिरिम’, शनिबार क्लासिक मुभी अंतर्गर १० बजे ‘हामी तीन भाइ’, १ बजे ‘अल्लारे’, ४ बजे ‘ट्रक ड्राइभर’ र ७ बजे ‘दक्षिणा’ हेर्न सकिनेछ । यी सबै फिल्महरु नि:शुल्क हेर्न पाइनेछ ।

त्यसैगरि सिनेमाघरको च्यानल नम्बर १०८ मा ‘छक्का पन्जा -३’ र च्यानल नम्बर ८८८ मा ‘आमा’ हेर्न सकिनेछ ।

‘छक्का पन्जा -३’ को लागि रु. २२५ तिर्नु पर्नेछ भने ‘आमा’ को लागि रु. ३२५ तिर्नु पर्नेछ । दुवै फिल्मको दैनिक ८/८ शो हुनेछ ।