‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ को दोस्रो दिन ‘राजेन्द्रलक्ष्मी’

‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ को दोस्रो दिन नाटक ‘राजेन्द्रलक्ष्मी’ फेसबुक लाइभ मार्फत देखाइनेछ । नाटक शनिबार ५ बजे थिएटर मलको फेसबुक पेज www.fb.com/theatremall बाट लाइभ स्ट्रिमिङ हुनेछ ।

एस्थेटिक डान्स स्टुडियोको प्रस्तुतिमा बनेको नाटकलाई नम्रता केसीले निर्देशन गरेकी हुन् । केहि अघि मण्डला थिएटरमा नियमित मन्चन गरिएको नाटकमा निश्मा घिमिरे, नम्रता केसी, कुन्ती सिमली, मनिषा बस्नेत, निशा कार्की लगायतको अभिनय रहेको छ । नाटक नेपालकी पहिलो महिला शासनकर्ता राजेन्द्र राज्यलक्ष्मी देवी शाहको जीवनकथामा आधारित रहेको ।

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ आयोजना गरेको हो । महोत्सबको पहिलो दिन नाटक ‘मान भर्सेस मति’ देखाइएको थियो ।

त्यस्तै, आइतबार ध्रुवसत्य परियारको कथा संग्रह ‘कैरन’ मा संग्रहित कथामा आधारित नाटक ‘जालिनी’ देखाइनेछ । मण्डला थिएटरको प्रस्तुति रहेको उक्त नाटकको परिकल्पना र निर्देशन दयाहाङ राईले गरेका हुन् ।