शान थापाको रोजाईमा पर्न सफल १०भिडियो

म्युजिक भिडियो दुनियाँका चर्चित निर्देशक शान थापालाई कोरोना भाइरसको कारण सिर्जना भएको लकडाउन एक प्रकारले फाइदाजनक भएको छ । बिहान सवेरै काममा निस्किने उनी राती आमा सुतिसके पछि घर पुग्ने गर्थे । तर यो समय भने उनले आफ्नी आमालाई दिन पाएका छन् । आमासंगै बसेर दिन व्यतित गर्दै गरेका उनले आमालाई खानेकुरा बनाएर खुवाउने रहेछन । यसै पनि छोराको उपस्थिति नै आमाकोलागि सबै थोक हुनेमा उनले त अझ खाना बनाएर आमालाई प्रफुल्लित बनाएका छन् ।  काममा ब्यस्त रहने उनको काम रोकिएको भने पक्कै छ । तर जस्तो परिस्थितिलाई पनि सकारात्मक रुपमा लिने उनले यो समयलाई अवसरको रुपमा लिएका छन् ।

फुर्सदको समयमा मेरो फिल्मसंग कुराकानी गर्दै उनले आफु निर्देशित आफुलाई नै राम्रो लाग्ने १० गीतको विषयमा बताएका छन् । काम त राम्रो नै लागेर गर्ने, हो भन्दै गर्दा हामीले थोरै बढी कम त होला नि ? भनेको कारण उनी लिस्ट दिन तयार भए । हेरौ थापा कै प्रिय १०भिडियो जुन उनी स्वयम् निर्देशित हुन् :

आदत २ :
सुमन केसीको स्वर रहेको आदत २ उनको प्रिय गीत हो । अम्बिका गुरुङको शब्द, शंकर थापाको संगीत रहेको गीतमा निराजन प्रधान, दीपिका प्रसाईं र पुष्प खड्काको अभिनय रहेको छ ।

यो कुरा गोप्य :
प्रमोद खरेलको स्वर, एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत रहेको यो कुरा गोप्य पनि थापालाई मन पर्ने गीत हो ।  भिडियोमा नाजिर हुसेन र अलिशा राई फिचर्ड छन् ।

मखमली चोली :
सुमन केसी र मेलिना राईको स्वर्रहेको गीतमा पुष्प खड्का र अलिशा राई फिचर्ड छन् । गीतमा अम्बिका गुरुङको शब्द र आजन खतिवडाको संगीत रहेको छ ।

हेरन कान्छी :
असिफ शाह र रेश्मा घिमिरे फिचर्ड हेर न कान्छी थापालाई मन पर्ने गीत हो । गीतमा दिनेश सुवेदीको शब्द दिपक शर्माको संगीत र राज लिम्बु तथा मेलिना राईको स्वर रहेको छ ।

तिम्ले बाटो फेर्यौ अरे २ :
मेलिना राईको तिम्ले बाटो फेर्यौ अरे २ समेत थापाको रोजाईमा पर्छ । थापा निर्देशित गीतमा दर्पण राईको शब्द र विक्रम राईको संगीत रहेको छ ।

नाकैमा फुली :
आस्था राउतले रिमेक गएको नाकैमा फुली गीतमा सुरेश अधिकारीको शब्द संगीत रहेको छ । आंचल र महेश फिचर्ड भिडियो थापाले नै खिचेका हुन् ।

डबल माया :
सिर्जना खत्री ‘हाउडे माया’ को डबल माया गीतमा सिर्जनाको साथ मिस्टर आर्जेको शब्द र आर्जे कै संगीत रहेको छ । भिडियोमा गायिका खत्री, अनुप बिक्रम शाही र आंचल शर्मा छन् ।

भेट हुदा :
मंगली २ अर्थात भेट हुदा थापालाई मन पर्ने भिडियो हो । गीतमा शिव परियारको स्वर, प्रल्हाद शाहको शब्द, शंकर थापाको संगीत छ भने भिडियोमा कार्टुन क्रुको नृत्य छ ।

कालो कोठी :
बले र मुन्नीको अभिनय रहेको ‘कालो कोठी’ सानलाई राम्रो लाग्छ । गीतमा टेकेन दाहालको स्वर तथा प्रेम पाण्डे अनुपमको शब्द संगीत छ ।

प्रेमको फूल :
शिव परियार कै ‘प्रेमको फूल’ मा बर्षा राउत र आकाश श्रेष्ठ फिचर्ड छन् । गीतमा राजेश अर्यालको शब्द र भूपू पाण्डेको संगीत रहेको छ ।