कोरोनासँग लड्न राहतकोषमा ५० हजार दिने निर्माता अर्जुन कुमारको घोषणा

निर्माता एवं  संगीतरकार अर्जुन कुमारले प्रधानमन्त्री राहत कोषमा ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्रधानमन्त्री राहत कोषमा ५० हजार दिने बताएका हुन् । उनले “यो लकडाउन पछी प्रधानमन्त्री राहत कोषमा  जम्मा गर्ने’ बताए ।

उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘ प्रधानमन्त्री राहत कोषमा म ५० हजार सहयोग गर्छु आउनुहोस् तपाइहरु पनि जति सक्नुहुन्छ सहयोग गर्नुस् । तर कुनै पनि सामाजिक अभियन्ताको हातमा नदिनुस् है ।’

यसका साथै उनले फिल्ममा ५० लाख लिने कलाकारहरुप्रति व्यंग्य गर्दै सरकारी राहत कोषमा सहयोग गर्न आग्रह गरेका छन् । उनले व्यंग्य गर्दै भनेका छन्, ‘ एउटा फिल्ममा खेलेको ५० लाख लिन्छु । एउटा फिल्म निर्देशन गरेको ५० लाख लिन्छु भन्ने मेरा देशका सुपर स्टारहरु कुन दुलोमा छन् । लौ न खोजेर अलिअलि डोनेशन दिन लगाउनु पर्यो ।’

उनले कोरोनाले कसैलाई पनि नछाड्ने र रुप,रङ र वर्ण नचिन्ने भएकाले सबै सचेत भएर रहन आह्वान गरेका छन् ।