‘पिएम केयर फन्ड’ लाई अक्षय कुमारले २५ करोड दिने

Mero Film

कोरोना बिरुद्धको लडाईमा विभिन्न सेलेब्रेटीहरुले सहयोगको हात अगाडी बढाएका छन् । अभिनेता अक्षय कुमारले प्रधानमन्त्री केयर फन्ड लाई २५ करोड सहयोग गर्ने घोषणा गरेका छन् । उनले ट्विटर मार्फत उक्त घोषणा गरेका हुन् ।

उनले लेखेका छन् – ‘यो त्यस्तो समय हो जहाँ मान्छेको जिन्दगि सबैभन्दा महत्वपूर्ण छ । र हामीले जे पनि गर्न सक्नुपर्छ । म आफ्नो बचत बाट २५ करोड धनराशी प्रधानमन्त्री केयर फन्ड लाई दिने वाचा गर्दछु । आउनुहोस जिन्दगि बचाऔँ, जिबन छ त सबथोक छ ।’

उनले यस अघि सामाजिक संजाल मार्फत मानिसहरुलाई लकडाउनको समयमा घरबाट बाहिर ननिस्किन अनुरोध गरेका थिए । उनले आफ्नो र आफ्नो परिवारको लागि घरबाट ननिस्किन भनेका थिए ।


Leave a Reply

Your email address will not be published.