नाट्य महोत्सवको तेस्रो दिन दयाहाङको नाटक ‘जालिनी’

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को तेस्रो दिन नाटक ‘जालिनी’ फेसबुक लाइभ मार्फत देखाइनेछ । नाटक आइतबार ५ बजे थिएटर मलको फेसबुक पेज www.fb.com/theatremall बाट लाइभ स्ट्रिमिङ हुनेछ । ध्रुवसत्य परियारको कथा संग्रह ‘कैरन’ मा संग्रहित कथामा आधारित नाटक ‘जालिनी’ देखाइनेछ । मण्डला थिएटरको प्रस्तुति रहेको उक्त नाटकको परिकल्पना तथा निर्देशन चर्चित अभिनेता दयाहाङ राईले गरेका हुन् ।

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको हो । महोत्सबको पहिलो दिन शुक्रबार नाटक ‘मान भर्सेस मति’ र दोस्रो दिन शनिबार ‘राजेन्द्रलक्ष्मी’ देखाइएको थियो ।