क्वारेन्टाइनमा वर्षालाई मिशेल ओबामाको प्रेरणा

अभिनेत्री वर्षा सिवाकोटी लकडाउनलाई समर्थन गर्दै यतिबेला घरमै समय बिताइरहेकी छिन् । यहि क्रममा उनले भुतपूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामाको पुस्तक ‘बिकमिंग’ पढेर पुस्तक बारे फेसबुक मार्फत आफ्नो धारणाहरु राखेकी छिन् ।


उनले पुस्तक पढ्दा कहिले काहीं आफु पुग्दै नपुगेको संसारमा पुगिन्छ भन्दै मिशेल ओबामाको आत्मावृतान्तले आफ्नो कल्पनाको धरातल फराकिलो भएको धारणा राखेकी छिन् । उनले पुस्तक पढीसकेपछि मिशेल ओबामालाई प्रेरणादायी महिलाको रुपमा लिएकी छिन् । उनि भन्छिन – ‘यस्तो समयमा यो पुस्तक तपाइको साथी बन्न सक्छ, यसले तपाईलाई आफुले छनोट गर्ने कामका कारण हाम्रो जीवन कति सुन्दर हुनसक्छ भन्ने बोध गराउँदछ ।’

We need to do a better job of putting ourselves higher on our own ‘to- do’list !! And yes, reading books, sometime takes…

Gepostet von Barsha Siwakoti am Samstag, 28. März 2020

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाकि पत्नी मिशेल ओबामाको उक्त पुस्तक सन् २०१८ मा प्रकाशित भएको थियो । धेरै बिक्रि हुने सुचीमा समेत परेको उक्त पुस्तकमा उनले आफ्नो जीवनको शुरुवाती संघर्ष, व्हाइट हाउसको अनुभब, जन-स्वास्थ्य अभियान र एक आमाको रुपमा आफ्नो भूमिकाको बारे लेखेकी छिन् ।