‘प्रधानमन्त्री राहत कोष’ लाई गायक बद्री पंगेनीले दिए ५० हजार

Mero Film

लोकदोहारी गायक बद्री पंगेनीले ‘प्रधानमन्त्रि राहत कोष’ लाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

उनले मानव जातिलाई नै संकटमा पार्ने गरी फैलिएको कोभिड १९ महामारी विरुद्ध सरकारले गरिरहेको प्रयासमा साथ दिन आफूले व्यक्तिगत रुपमा कोषमा सहयोग गरेको बताएका छन् ।

उनले यो संकटको घडीमा कलाकारहरुले आफुले सक्दो सहयोग गर्नुपर्ने बताए।

उनले नकारात्मक कुराहरुको पछाडी नलागी सरकारको निर्देशन पालना गर्न पनि सबैलाई आग्रह पनि गरेका छन् । उनी अहिले घरमै सेल्फ क्वारेंन्टाइनमा बसिरहेका छन् ।


Leave a Reply

Your email address will not be published.