‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को चौथो दिन नाटक ‘पाँच’

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को चौथो दिन नाटक ‘पाँच’ फेसबुक लाइभ मार्फत देखाइने भएको छ । नाटक सोमबार चैत्र १७ गते साँझ ५ बजे थिएटर मलको फेसबुक पेज www.fb.com/theatremall बाट लाइभ स्ट्रिमिङ हुनेछ । कथा घेराको प्रस्तुतिमा बनेको नाटकमा सुदाम सिकेको परिकल्पना र निर्देशन रहेको छ ।

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको हो । महोत्सबको पहिलो दिन शुक्रबार नाटक ‘मान भर्सेस मति, दोस्रो दिन शनिबार ‘राजेन्द्रलक्ष्मी’ र तेस्रो दिन दयाहाङ राई निर्देशित नाटक ‘जालिनी’ देखाइएको थियो ।