फिल्मको सबै सुटिङ रद्द गरेर क्वारेन्टाइनमा छु- नायक भुवन केसी

सरकारको घोषणा गरेको लकडाउनमा नायक भुवन केसी सरकारको नियम पालना गर्दै घरमै बसिरहेका छन्।

उनले मेरोफिल्मसँग भने, ‘म अहिले फिल्मका सबै सुटिङहरु रद्द गरेर घरमै बसिरहेको छु। सरकारको नियम पालना गर्दैछु। जब लक डाउन खुल्छ अनि नियमित काममा पर्खिन्छु।’

उनले सरकारले गरीब, मजदुरहरुलाई सहयोग गर्न र आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने बताए। उनले भने,’ सबैले सहयोग गरिरहेका छन्। म पनि कलाकारको तर्फबाट सहयोग गर्नेछु कलाकार संघसँग मिलेर। अहिले तत्काल भने कति गर्ने के गर्ने हामी छलफल को क्रममा छौ।’

उनले छोरा अनमोल केसीको जन्मदिनमा शुभकामना समेत दिएका छन्।उनले सामाजिक सञ्जाल फेसबुकमा अनमोल र आफ्ना पुरानालाई शुभकामना दिँदै भनेका छन्, ‘प्यारो छोरा, तिमीले हाम्रो लागि कति गर्यौ त्यसमा हाम्रो कुनै चासो छैन, किनकी तिमी हाम्रो प्यारो र स्मार्ट बाबु हौ। तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ।तिमीले चाहेका सबै सपना र इच्छाहरु पूरा हुन।’