कोभिड १९ व्‍यक्तिगत शत्रु हो, क्वारेन्टाइनमा बसेर लडौं – कंगना रनौत

Mero Film

बलिउड नायिका कंगना रनौतले कोभिड १९ विश्‍वभर संत्रास मच्चाइ रहँदा सबैलाई घरको क्वारेन्टाइनमा रहेर लड्न आग्रह गरेकी छन् । उनले घरबाटै एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनिन्, ‘ यो हाम्रो विश्वभर सबैको शत्रु भइसकेको छ । तर व्‍यतिगत रुपमा । त्यसकारण यस बिरुद्ध हामी घरमै बसेर व्‍यक्तिगत रुपमा लडौं ।’

यसका साथै उनले भारत सरकारले चालेको कदमको स्वागत गर्दै केही चिन्ता समेत व्‍यक्त गरेकी छिन्, ‘ हामी जनताको लागि लक डाउन गरेर मोदी सरकारले राम्रो त गरेको छ । उनी हाम्रो लागि उत्कृष्ट नेता त हुँदै हुन । तर २१ दिनपछि जनताको हालत के हुन्छ ? मजदुरको हालत के हुन्छ ? आम सर्वसाधारण जो दैनिक मजदुरी र ज्यालादारीमा काम गर्दै आएका थिए, उनीहरुको बालबच्चा कसरी हुर्कन्छ ?’

उनि आफू घरमै बसेर योगाभ्यास, किताबहरु अध्ययन गर्दै आएको बताएकी छिन् ।


Leave a Reply

Your email address will not be published.