‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को पाँचौ दिन नाटक ‘एक बोलि एक दाम’

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को पाँचौ दिन नाटक ‘एक बोलि एक दाम’ फेसबुक लाइभ मार्फत देखाइने भएको छ । नाटक चैत्र १८ गते मंगलबार साँझ ५ बजे थिएटर मलको फेसबुक पेज www.fb.com/theatremall बाट लाइभ स्ट्रिमिङ हुनेछ । ङ समूहको प्रस्तुतिमा बनेको नाटकको निर्देशन प्रविण खतिवडाले गरेका हुन् । लोककथामा आधारित नाटकका लेखक सिजन दाहाल हुन् भने निर्माता गोविन्द पराजुली हुन् । नाटकमा जिबन भट्टराई, सुदाम सिके, शक्ति राई र संगीत सापकोटाको अभिनय रहेको छ ।

मान्छेले आफूले सुनेको र देखेको परिवेश अनुसार धारणा बनाउँछ र योजना बुन्न थाल्छ तर मान्छेको जीवनमा आफूले सोच्दै नसोचेका परिस्थीतीहरु पनि आइलाग्छन् । मान्छेको जीवन विसंगत् छ तर हामी जबरजस्ती संगत बनाउन खोजिरहेका छौँ । आजको आफ्नो समयलाई विश्वास गर्नु जरुरी छ भन्ने नाटकले देखाउन खोजेको छ ।

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको हो । महोत्सबको पहिलो दिन शुक्रबार नाटक ‘मान भर्सेस मति, दोस्रो दिन शनिबार ‘राजेन्द्रलक्ष्मी’, तेस्रो दिन दयाहाङ राई निर्देशित नाटक ‘जालिनी’ र चौथो दिन सुदाम सिके निर्देशित ‘पाँच’ देखाइएको थियो ।