‘एक भिलेन -२’ को तयारी गर्दै आदित्य रोय कपुर

सन् २०१४ मा आएको सुपरहिट फिल्म ‘एक भिलेन’ को सिक्वेल ‘एक भिलेन -२’ घोषणा गरिसकिएको छ । फिल्मलाई एकता कपुर र भुषण कुमारले संयुक्त रुपमा निर्माण गर्दैछन् भने मोहित सुरीले निर्देशन गर्दैछन् । खबरहरुका अनुसार अभिनेता आदित्य रोय कपुर फिल्मको आफ्नो चरित्रको लागि तयारीमा ब्यस्त छन् ।

भारतमा कोरोना देखिनु अघिनै निर्देशक सुरी र आदित्यले एक फार्महाउसमा समय बिताएका थिए र स्क्रिप्ट माथि छलफल गरेका थिए ।साथै उनीहरुबीच फिल्ममा आदित्यको एक्सन दृश्यहरु कस्तो हुन्छ भन्ने बारेपनि कुराकानी भएको थियो ।अहिले लकडाउनको समयमा दुबैजना आ-आफ्नो घरमा छन् तर दुवै बीच दैनिक जसो भिडियो कल हुने र स्क्रिप्ट तथा चरित्र बारे कुराकानी भैरहने बताइएको छ ।

सुरी भन्छन् -‘जब म आदित्य संग काम गरिरहेको हुन्छु मलाईआफ्नो तर्फ़बाट उत्कृष्ट काम दिनुपर्छ भन्ने जिम्मेवारी बोध हुन्छ । हाम्रो सम्बन्ध नै त्यस्तै छ । यो फिल्मबाट हामी अझ राम्रो गर्ने प्रयत्न गर्दैछौ । आदित्य पहिलो पटक भिलेनको रुपमा देखिदैछन् र यो रोमान्चक हुनेवाला छ ।’

‘एक भिलेन -२’ मा आदित्यको साथ साथै जोन अब्राहम, दिशा पटानी र तर सुतारिया पनि मुख्य भूमिकामा देखिदैछन् । फिल्मको छायांकन सन् २०२० को मध्य तिरबाट हुने अनुमान गरिएको छ । निर्देशक सुरीको हालै रिलिज भएको फिल्मले बक्सअफिसमा राम्रो कमाइ गरेको थियो ।