धरापमा प्रतिक-सान्या विवाह

Mero Film

राज बब्बर र स्मिता पाटिलका छोरा बब्बरको वैवाहिक जीवन राम्रोसंग अगाडी बढ्न सकेको छैन । प्रतीकले सान्या सागरसंग २३जनवरी २०१९मा विवाह गरेका थिए । अब यी दुई बीच खटपटको खबर बाहिरिन थालेको छ ।

लकडाउन चल्दै गर्दा बलिउड कपल एक साथ समय बिताउदैगर्दा सान्या र प्रतिक भने केही हप्ता यता छुटिएर बसेका छन् । साथै सान्या पारिवारिक समारोहमा समेत सहभागी नभएको भारतीय संचार माध्यममा उल्लेख छ । आफुले अभिनय गरेको नाटक हेर्न समेत उनले श्रीमानलाई बोलाइनन् । प्रतिकले सान्या संगका सम्पूर्ण तस्विर हटाएका छन् । यो सब भैसक्दा समेत यी दुई आफैँले भने सम्बन्धको विषयमा केही बोलेका छैनन् ।


Leave a Reply

Your email address will not be published.