लकडाउनमा पियानो सिक्दै ऋतिक रोशन

भारतमा अहिले २१ दिनको लकडाउन चलिरहेको छ  । अभिनेता ऋतिक रोशनले भने यो समयलाई पियानो सिक्नको लागि प्रयोग गरिरहेका छन्  ।

उनले हालै इंस्टाग्राममा एक भिडियो पोस्ट गरेका छन्  । भिडियोमा उनि पियानो बजाइरहेका छन् र एकछिनमा पछाडी पट्टि पूर्वपत्नी सुजैंन खान पनि देखिन्छिन्  । भिडियोको क्याप्सनमा ऋतिकले ‘मिसन पियानो’ लेखेका छन्  । उनले आफुले बेदान्तु एपको २१ दिने लर्निङ्ग च्यालेन्जबाट प्रभावित भएर पियानो सिक्न लागेको बताएका छन्  ।

बलिउडका अन्य सेलेब्रेटिहरु पनि घरमै बसेर केहि न केहि नयाँ कुरा सिक्ने प्रयास गरिरहेका छन् र सामाजिक संजालमा त्यस बिषयमा पोस्टहरु पनि गरिरहेका छन्  ।