‘घरको सफाई नै वर्कआउट’ जरिन खान

सलमान खानको फिल्म ‘वीर’ बाट बलिउड डेब्यु गरेकी नायिका जरिन खान हाल घरको सरसफाईमा ब्यस्त देखिएकी छन् । सामाजिक संजालमा सार्वजनिक एक भिडियोमा उनी पुरै घर सफा गर्न लागेकी छन् ।

इन्स्टाग्राममा सेयर गरिएको उक्त भिडीयोमा उनी हातमा पोछा लिएर बाल्कोनी, रेलिंग, ढोका सफा गर्दै छिन् । भिडियो साझेदार गर्दै उनले क्वारेन्टाइनको सबै भन्दा राम्रो वर्कआउट घरको सफाई हुने लेखेकी छन् । सदैव ग्ल्यामरस लुकमा प्रस्तुत हुने खानको यो लुकले दर्शक समेत छक्क परेका छन् ।