सन्तान हसाउन नृत्य गर्दै सनी दम्पति

कोरोनाको असर बढ्न नदिन भारतमा लकडाउन चलिरहेको छ । सम्पूर्ण भारतीय घरमा नै सिमित भएका छन् । केही दिन यता घर मै रहेकी सनी लियोनीको परिवार समेत दिक्क भएको छ । दिक्क मानिरहेका बच्चालाई केही खुसी दिन सनीले नृत्य गरेकी छन् । नृत्यमा उनका पतिले समेत साथ दिएका छन् ।

सनीले इन्स्टाग्राममा एक भिडियो सेयर गरेकी छन् । भिडियोमा आफ्नो बिल्डिंगको तल बच्चाको अगाडी उनी नृत्य गर्दै छिन् । सनीका बच्चा निशा, आशार र नोआहले आमा बाबुको नाचमा मजा लिदै देखिन्छन् । उनले पोष्ट सेयर गर्दै आफ्ना सन्तानलाई खुसी पार्न जस्टिन टिम्बरलेकको गीतमा नृत्य गरेको बताएकी छन् । साथै उनले आफ्ना श्रीमान डेनियलको नृत्य ‘बेस्ट’ भएको बताएकी छन् ।