क्वारेंन्टाइनबाट घर फर्किए दिपक बज्राचार्य र उनको टिम

Mero Film

गायक दिपक बज्राचार्य र उनको टिम क्वारेंन्टाइनबाट घर फर्किएको छन् । उनीहरु १४ दिनको लागि सेल्फ क्वारेंन्टाइनमा बसेका थिए र उनीहरुमा कोरोनाको कुनै पनि लक्षणहरु देखिएको छैन । उनीहरु २ महिनाको लागि भनेर अस्ट्रेलिया टुरमा गएका थिए तर कोरोनाको कारण २ हप्तामै फर्किएर क्वारेंन्टाइनमा बसेका थिए ।

घर फर्किए पनि उनीहरु अझै केहि दिन आइसोलेसनमै बस्नेछन् र मानिसहरुको प्रत्यक्ष सम्पर्कमा रहनेछैनन् । क्वारेंन्टाइनमा बसेको बेला आफुहरुलाई भावनात्मक तथा मनोबैज्ञानिक हौसला दिने सबैलाई आभार ब्यक्त गरेका छन् र साथ साथै आफुहरुलाई घर फर्कन सहयोग गरेकोमा नेपाल प्रहरीलाई पनि धन्यवाद दिएका छन् । उनीहरुले सबैलाई घरमै बसेर सामाजिक दुरी कायम राख्न पनि अनुरोध पनि गरेका छन् । क्वारेंन्टाइनमा रहँदा पनि आफ्ना प्रसंशकहरुलाई दिपक बज्राचार्य र उनको टिमले विभिन्न सांगीतिक कोशेलीहरु पस्किएको थियो ।


Leave a Reply

Your email address will not be published.