नाटक ‘सेम टाईम नेक्स्ट ईयर’ अब युट्युबमा (भिडियो)

कथा घेराको प्रस्तुतिमा निर्माण भएको रोमान्टिक कमेडी नाटक ‘सेम टाईम नेक्स्ट ईयर’ युट्युबमा हालिएको छ । सन् २०१८ को नोभेम्बरमा टेकु स्थित कौसी थीएटरमा यस नाटकको नियमित मन्चन गरिएको थियो । चे शंकरले निर्देशन गरेको नाटकमा दिब्य देव पन्त र आकांक्षा कार्कीको अभिनय रहेको छ ।

सन् १९७५ को नाटकका लेखक बर्नार्ड स्लाद हुन् । नाटकमा एक जोडीको कथा छ जो छुट्टै छुट्टै विवाहित छन् । आफ्नो छुट्टा छुट्टै परिवार हुँदा हुँदै पनि उनीहरु प्रेममा छन् र २५ वर्ष सम्म वर्षको एक पटक एउटा होटेलमा भेट्छन् ।