‘उमा’ प्रति पूर्वलडाकू ‘दीपशिखा’ को आपत्ति

राष्ट्रिय युवा संघ नेपालका संयोजक तथा पूर्वलडाकू राम प्रसाद सापकोटा ‘दीपशिखा’ ले फिल्म ‘उमा’ हेरेर त्यसबारे आफ्नो प्रतिक्रिया आफ्नो फेसबुकमा राखेका छन् । उनले आफु पनि जनयुद्धको एक सिपाहीको नाताले र घटनाक्रमहरुको एक पात्रको नाताले फिल्म हेर्दा फिल्म ‘अभिनय नमिलेको नाटक झै’ लागेको बताएका छन् । उनले जनयुद्धमा प्रेम के थियो ?, यौन के थियो ?, भाषा, शैली र व्यबहारहरु के थिए !, विषयहरुबारे बहस, छलफल र निष्कर्षहरु कसरि निकालिन्थ्यो ! भन्ने थाहा भएका र भोगेकाहरुलाई फिल्म कलाविहिन नाटक नै लाग्ने बताए ।

उनले अगाडी लेखेका छन् – ‘म उमाहरुको परिवार, मनोदशा र बाध्यतासँग असहमत छैन, आज जनयुद्धका सपनाहरु के भए भन्नेसँग पनि धेरै सरोकार राख्दिन तर जनयुद्ध मुक्तिको पवित्र उदेश्यसँग समर्पित थियो । जनयुद्धका योद्धाहरुको बुझाई, भोगाई, भाषिक सँस्कृति, छापामार तथा योद्धाहरुको सँस्कृति र जनशैलीको विषयमा कम्तिमा लेखक, निर्देशक तथा कलाकारहरुले जनयुद्धकै भुक्तभोगीहरुसँग साक्षात्कार गरेको भए यो जिवन्त बन्थ्यो, कम्तिमा भुक्तभोगीहरुलाई ‘यो त होइन है’ भन्ने लाग्दैनथ्यो’ ।

उनि भन्छन् – ‘एउटा उत्कृष्ट फिल्मका लागी कथा, शिल्पी, लय, शब्द, संगित र भावहरुमा जिवन्तता नझल्किई फिल्मले मन छुँदैन र सफल हुँदैन । हाम्रा फिल्महरुमा लेखक तथा निर्देशकले गर्ने गहन अध्ययन कमजोर हुनुको कारण फिल्म जिवन्त नबनेको पाे हो कि ! जुन विषय दिइयो त्यसमाथि तुलसी घिमिरे, मिथिला शर्मा, दयाहाङ् राई, सौगात मल्ल र रिचा शर्मा अभिनयप्रति म भन्ने अधिकार राख्दिन । र अर्को महत्वपूर्ण कुरा म सँग फिल्मको समिक्षा गर्ने सामर्थ्य छैन र म एक कथकको कोणबाट पूर्वाग्रही पनि भएको हुनसक्छु ।’

आज स–परिवार नेपाली फिल्म ‘उमा’ हेरियो । आफु पनि जनयुद्धको एक सिपाहीको नाताले र घटनाक्रमहरुको एक पात्रको नाताले फिल्म…

Gepostet von Ram Prasad Sapkota Deepshikha am Dienstag, 31. März 2020

मेरोफिल्म संग कुरा गर्दै उनले भने – ‘म फिल्म समिक्षक होइन र नियमित फिल्म पनि हेर्दिन तर ‘उमा’ मा जे देखाइयो त्यसमा मेरो असन्तुष्टि हो । खास गरी हामी युद्ध लडेर आउनेहरुको लागि फिल्म सांधर्भिक लाग्दैन । जनयुद्धमा प्रेम गर्न पनि अनुमती लिनु पर्थ्यो, कपाल पाल्न पाइदैनथ्यो । फिल्म यस्तै स-साना कुरामा चुकेको छ । शहरी भुभागको भाषा शैली, संस्कृतिमा रिसर्च पुगेको छैन, २-४ जना छापामार सँग सल्लाह लिएको भए अथवा जनयुद्ध लडेको मान्छे छायांकनमा राखेको भए फिल्म अझै जीवन्त बन्ने थियो ।’

आफु पनि २०५४ साल देखी जनयुद्ध लडेको र लकडाउनमा जनयुद्ध सम्बन्धि फिल्म हेर्न एक साथीको सिफारिसले गर्दा आफुले ‘उमा’ हेरेको र केहि कुराहरु चित्त नबुझेकोले यसरि लेखेको उनले बताए ।

सशस्त्र जनयुद्धमा आधारित रहेर बनाइएको ‘उमा’ का निर्देशक छिरिंग रितार शेर्पा हुन् । ७ बर्ष अघि प्रदर्शन भएको फिल्ममा सौगात मल्ल, रिचा शर्मा, मिथिला शर्मा, प्रविण खतिवडा, प्रमोद अग्रहरी, दयाहांग राई, प्रकाश घिमिरे लगायतको मुख्य भुमिका रहेको छ ।