‘सबैको अनुहारमा एक किसिमको त्राश र शंकाको भाब देखिन्छ’ – युना उप्रेती

Mero Film

अमेरिकामा रहेकी अभिनेत्री युना उप्रेतीले हिजोआज घरमै सरसफाई लगायतको घरायसी काममा ब्यस्त रहेको बताएकि छिन् । उनको दिन सधै योगबाट सुरु हुन्छ । ४५ मिनेटको योगपछि खाना बनाएर खान्छिन्, त्यसपछि परिवाको हेरचार गर्ने, राष्ट्रिय र अन्तरराष्ट्रिय समाचारहरु हेर्ने, त्यसमा पनि विशेष गरि कोभिड १९ को बारेमा अपडेटहरु लिने गर्छिन् । उनि बसेको राज्यको गभर्नरले ‘स्टे एट होम अर्डर’ जारी गरेको उनले जानकारी दिइन् तर पार्क र वाल्किंग ट्रेलमा जान चाहिं खुल्ला नै रहेको बताइन् । युनाले आफुहरु घरकै वरिपरि हिड्ने गरेको बताइन् ।

उनले अगाडी भनिन्- ‘हामीले मेडिकल प्रोफेसनल र डब्लुएचओ ले प्रकाशित गरेको गाइडलाइन्सहरु र साबधानीहरु पालना गरिरहेका छौ, स्वस्थ रहेर सामाजिक दुरी कायम राखिराखेका छौ, आफु र अन्यको लागि एकदम आइसोलेटेड भएर बसेका छौ ।’ उनले कोभिड १९ को यो महामारीमा आफ्नो परिवार समाज र देश मात्र नभएर पुरै विश्वको खुसि मिस भएको अनुभब सुनाइन् । उनले थपिन -‘सबैको अनुहारमा खुसि हराएर एक किसिमको त्राश र शंकाको भाब देखिन्छ तर हामी आशाबादी पनि छौ । हामीले यसबाट मुक्ति पाउनेछौ, हामीले जित्नेछौ’ ।

उनले सबैलाई घरमै बस्न, स्वस्थ रहन, स्वास्थ्यकर्मीहरुले भनेका कुराहरु मान्न, घरमै योग तथा शारीरिक ब्यायामहरु गर्न अनुरोध गर्दै -‘तपाई एकजनाको कारणले तपाई, तपाइको घर, समाज र पुरै देशको भलो हुन्छ’ भनेकी छिन् ।

दिपक श्रेष्ठको फिल्म ‘त्रिशुल’ बाट डेब्यु गरेकी युना उप्रेती हाल अमेरिकाको मिसौरी राज्यमा छिन् । दर्जन भन्दा बढी फिल्ममा अभिनय गरेकी युनाले अमेरिका गएपछि प्रेमी विकाश अधिकारी सँग उतै विवाह गरेकी थिईन् ।


Leave a Reply

Your email address will not be published.