‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को सातौं दिन नाटक ‘शकुन्तलाको औँठी’

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को सातौं दिन नाटक ‘शकुन्तलाको औँठी’ फेसबुक लाइभ मार्फत देखाइने भएको छ । नाटक चैत्र २० गते बिहिबार साँझ ५ बजे थिएटर मलको फेसबुक पेज www.fb.com/theatremall बाट लाइभ स्ट्रिमिङ हुनेछ । एक्टर्स स्टुडियोको प्रस्तुतिमा बनेको नाटकको निर्देशन सुरज मल्लले गरेका हुन् । भारतीय लेखक सुरेन्द्र वर्माले लेखेको नाटक नाट्यकर्मी अनुप बरालको सुपरभिजनमा तयार भएको हो ।

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको हो । महोत्सबको पहिलो दिन शुक्रबार नाटक ‘मान भर्सेस मति, दोस्रो दिन शनिबार ‘राजेन्द्रलक्ष्मी’, तेस्रो दिन दयाहाङ राई निर्देशित नाटक ‘जालिनी’, चौथो दिन सुदाम सिके निर्देशित ‘पाँच’, पाँचौ दिन प्रविण खतिवडा निर्देशित ‘एक बोलि एक दाम’ र छैठौ दिन सुभोजित बेनर्जी निर्देशित भारतीय नाटक ‘नथिङ्ग टु से’ देखाइएको थियो ।