‘ट्रेन टु बुसान’ को सिक्वेल ‘पेनिसुला’ को टिजर सार्बजनिक

सन् २०१६ को बक्स अफिस हिट दक्षिण कोरियाली फिल्म ‘ट्रेन टु बुसान’ को सिक्वेल फिल्म ‘पेनिसुला’ को टिजर सार्बजनिक गरिएको छ । यीयोंन साङ्ग-हो निर्देशित फिल्म जोम्बी हरर थ्रिलर विधाको फिल्म हो ।

यस फिल्ममा ‘ट्रेन टु बुसान’ भन्दा ४ बर्ष पछिको कथा रहेको छ । फिल्ममा पनि ‘ट्रेन टु बुसान’ कै परिवेश छ तर कथानक भने नयाँ रहेको छ । सार्बजनिक टिजर एक्सन दृश्यहरुले भरिपुर्ण रहेको छ ।

‘ट्रेन टु बुसान’ को प्रिमियर क्यान्स फिल्म फेस्टिभलमा भएको थियो । फिल्मले विश्वभर गरेर ९३.१ मिलियन डलर कमाएको थियो । दक्षिण कोरियामा मात्र ११ मिलियन भन्दा बढी मानिसहरु फिल्म हेर्न हल गएका थिए ।