‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ मा शुक्रबार नाटक ‘उपियाँको निबन्ध’

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ शुक्रबार नाटक ‘उपियाँको निबन्ध’ फेसबुक लाइभ मार्फत देखाइने भएको छ । नाटक साँझ ५ बजे थिएटर मलको फेसबुक पेज www.fb.com/theatremall बाट लाइभ स्ट्रिमिङ हुनेछ । थिएटर मलको प्रस्तुतिमा केदार श्रेष्ठको नाटकको लेखन तथा निर्देशन गरेका हुन् ।

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको थियो । महोत्सव अन्तर्गत थिएटर मलको फेसबुक पेज मार्फत प्रत्येक दिन साँझ ५ बजे नाटकको भिडियो प्रत्यक्ष प्रसारण गरिएको थियो । महोत्सवमा पहिलो दिन केदार श्रेष्ठ निर्देशित ‘मान भर्सेस मति’, दोस्रो दिन नम्रता केसी निर्देशित ‘राजेन्द्रलक्ष्मी’, तेस्रो दिन दयाहाङ राई निर्देशित नाटक ‘जालिनी’, चौथो दिन सुदाम सिके निर्देशित ‘पाँच’, पाँचौ दिन प्रविण खतिवडा निर्देशित ‘एक बोलि एक दाम’, छैठौ दिन सुभोजित बेनर्जी निर्देशित भारतीय नाटक ‘नथिङ्ग टु से’ र सातौ दिन सुरज मल्ल निर्देशित ‘शकुन्तलाको औंठी’ देखिएको थियो ।

सरकारले कोरोना भाइरसको कारण लकडाउन घोषणा गरेपछि उक्त नाट्य महोत्सब शुरु गरिएको थियो । लकडाउनको समयमा रङ्गमञ्चका दर्शकहरुले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यका साथ उक्त महोत्सव घोषणा भएको थियो । सरकारले लकडाउनको अवधि थपेपछि पहिले एक हप्ता भनिएको महोत्सवको अवधि पनि लम्ब्याईएको हो ।