कनिका कपुरको छैठौं टेस्ट नेगेटिभ

Mero Film

बलिउड गायिका कनिका कपुरको छैठौं पटकको कोरोना परिक्षणको नतिजा नेगेटिभ आएको छ । शनिबार उक्त नतिजा आएको हो । यस अघिका पाँचै परिक्षण पोजेटिभ आएको थियो । बेबी डल’ गायिकाको उपचार लखनउ स्थित संजय गान्धी पोष्ट ग्र्याज्युएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा भैरहेको छ ।

दुई परिक्षण नेगेटिभ आएपछि मात्र बिरामीलाई डिस्चार्ज गरिने हुनाले उनि अझै केहि समय हस्पिटल बस्नु पर्नेछ । अहिले उनको स्वास्थ्यमा पनि निकै सुधार आइसकेको छ ।


Leave a Reply

Your email address will not be published.