कोरोनाको उपचारलाई लिएर अमिताभको पोष्ट, भए ट्रोलको शिकार

Mero Film

अमिताभ बच्चन यतिबेला सामाजिक संजालमा निकैनै सक्रिय छन् । उनि हर समय केहि न केहि पोष्ट गरिरहेका हुन्छन् । लकडाउनको समयमा मानिसहरुलाई संदेशहरु पनि दिईरहेका हुन्छन् । तर हालै उनले गरेको एक पोष्टका कारण भने उनि ट्रोलको शिकार हुन पुगेका छन् । उनले ट्वीटरमा कोरोनाको उपचारको लागि आयुष मन्त्रालय अगाडी आउनुपर्ने लेखेका छन् । उनले होमियोप्याथीबाट कोरोनाको उपचार सम्भब हुन सक्ने आशय राखेका थिए ।

हेरौ केहि प्रतिक्रियाहरु :

यस अघि पनि उनि आफ्नो ‘तालीको भाइब्रेसनले कोरोना मर्छ’, ‘झिंगाबाट कोरोना फैलिन सक्छ’ जस्ता ट्विटको कारण ट्रोलको शिकार भैसकेका छन् र त्यतिबेला उनले आफ्नो ट्विट पनि मेटाउनु परेको थियो ।


Leave a Reply

Your email address will not be published.