जनावरको लागि प्रियंका-आयुष्मानको एक लाख सहयोग

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले एक लाख सहयोग गरेका छन् । कोरोना अर्थात कोभिड १९का कारण सडकमा रहेका जनावर भोक भोकै भएका छन् । यी जनावरको खानपानको लागि यी दुईले सहयोग घोषणा गरेका हुन् ।

एनिमल नेपाल नामक संस्थाको मातहत उनीहरुले सहयोग गरेका हुन्  । आयंका फाउन्डेसन मार्फत गरिएको सहयोगले जनावरको लागि ‘एक कचौरा पानी, एक कचौरा खाना’ को व्यवस्था गर्ने छ । सामाजिक संजाल मार्फत भिडियो सार्वजनिक गर्दै उनले सम्पूर्ण दर्शकमा सुरक्षित रहन आग्रह गरेकी छन्  । सकेको सहयोग गर्दै, घरमा सुरक्षित रहन जरुरी रहेको प्रियंका बताउछिन् ।
https://www.facebook.com/PriyankaKarkiofficial/videos/3205984342960084/?epa=SEARCH_BOX