राजेश हमालले सम्झिएसंगै यादमा आएको बाबुआमाको प्रेम

अभिनेता राजेश हमालले आइतबार आफ्ना दिवंगत आमाबुवालाई स्मरण गर्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् । केही तस्बिर सार्वजनिक गर्दै उनले आमाबाबु आफ्नो मनमा रहेको बताएका छन् । आफ्नो समयका धेरै पढेका, सालिन, लामो समय नेपाली फिल्म क्षेत्रमा राज गरेका उनले बाबुको समर्थन पाएनन् । उनका बाबु राजेशको यो पेशा प्रति सन्तुस्ट थिएनन् । बाबुलाई सम्झाउन खुसी बनाउन नपाउदै उनले धर्ति छोडे । उनले आफ्नो सफलतामा बाबुसंगको साथ पाएनन् ।

राजेश हमालको बाबुआमाको प्रेम, विवाह र मृत्यु:
राजेश हमालका बाबुआमा चुडाबहादुर हमाल र रेणु हमाल दुवै उक्त समयमा पनि शिक्षित थिए । दुवैले भारतमा पढेका थिए । एकै जिल्लाका यी दुइको भेट भारत आवत जावतको क्रममा भेट भयो । कुराकानी समेत भयो । तर मुस्लिम कलेजमा पढ्ने भएको कारण रेणुसंगको सम्बन्ध चुडाका लागि सहज भएन । उनीहरुको कुरा मिलाएर एक पटक भेट भयो । र बसन्त जंग रायमाझीलाई सेतु बनाउदै उनीहरुको प्रेम अंकुरण भयो । बसन्त सफल नेपाली नृत्य निर्देशक हुन् । प्रेममा रहेका यी दुइको विवाह उक्त समयमा त्यति सहज थिएन । त्यसैले उनीहरुले भारतमा नै विवाह गरे । भारत महान अधिकारीको अघि विवाह गरेका उनले होस्टलमा श्रीमती स्वीकारे । पाल्पा आउदा विवाह गरेका उनीहरुलाई परिवारले स्वीकारे पनि समाजले स्विकारेन । स्कुलको हेडमास्टरबाट काम सुरु गरेका उनले राजेश जन्मिएसंगै काठमान्डौ आएर परराष्ट्र मन्त्रालयमा काम पाए । रिटायर हुन नपाउदै चुडाको निधन भयो । आफ्ना बाबुको मृत्युले अझै पनि राजेशलाई भावुक बनाउछ । पाकिस्तानका राजदुत चुडाको निधन हृदयघातका कारण र रेणुको निधन पतिको मृत्युपछिको डिप्रेसन र चुरोटको कारण भएको हो ।