लकडाउनमा सुन्दर, शान्त र सुनशान काठमाडौं, तर कोरोनाको त्रास !

Mero Film

लकडाउनको बेला काठमाडौं सुन्दर, शान्त र सुनशान देखिएको छ । मानिसहरु सडकबाट निस्किएका छैनन् । सवारी निक्कै कम चलेका छन् । सडकमा प्रहरी तैनाथ गरिएको छ ।

काठमाडौंमा बस्नेहरुलाई कोरोना भाइरसको सन्त्रास भए पनि ऐतिहासिक तथा धार्मिक सम्पदाहरुलाई भने निक्कै हराभरा वातावरण मिलेको छ। मन्दिरै मन्दिरको शहर काठमाडौंले बल्ल आफ्नो वास्तविक स्वरुप देखाउन पाएका छन् । वसन्तपुर दरवार स्क्वायर, स्वयम्भूनाथ, बौद्धनाथ यतिबेला चयनको श्वास फेरिरहेका छन् ।  बजार, पसल ठप्प छ, मानिसहरुको कोलाहल, फोहोर र जथाभावी सवारी आवागमनले दुर्गन्ध फैलिनबाट जोगाए पनि कोरोनाको त्रास भने कायमै छ ।

सरकारले उच्चस्तरीय समयन्वय समिति बनाएर सातै प्रदेशमा परीक्षण सुरु गरिसकेको भए पनि पर्याप्त मेडिकल उपकरणहरु भने पहुँचमा छैनन् । तर कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले संकटको समयमा बिरामीलाई रिसिभ गर्ने जिम्मा नेपाली सेनालाई दिने भएको छ । समितिको बैठकले आइतबार संकटको अवस्थामा बिरामी रिसिभ गर्ने टिम सेनाको जिम्मा लगाउने निर्णय गरेको हो । बैठकले क्वारेन्टाइनमा राखी १४ दिन बिताएपछि स्वाब परीक्षण गरी त्यो नेगेटिभ आएपछिमात्र घर जान दिने निर्णय पनि गरेको छ । मुलुकभरका सबै क्वारेन्टाइनहरुले यसको पालना गर्नुपर्ने पनि बैठकपछि मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिडारीले सञ्चारकर्मीहरुलाई बताएका छन् ।

भाइरसबाट विश्वभर लाखौ मानिस संक्रमित छन् भने ६९ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । अमेरिका, स्पेन र इटाली अति प्रभावित देशको सुचीमा अग्रपंक्तिमा रहेका छन् । नेपालमा अहिले सम्म ९ जनामा भाइरसको संक्रमण देखिएकोमा १ जना निको भैसकेका छन् , बाँकी ८ जनाको उपचार भैरहेको छ ।

 


Leave a Reply

Your email address will not be published.